नियम
भ्रमण खर्च पाउने पदाधिकारी वा कर्मचारीको वर्गीकरण

(१) यस नियमावली बमोजिम सुविधा उपलब्ध गराउने प्रयोजनको लागि देहायका पदाधिकारी वा कर्मचारीलाई देहाय बमोजिम वर्गीकरण गरिएको छः–
(क) राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका– संसदका सभामुख, उपप्रधानमन्त्री वा मन्त्री – अतिविशिष्ट तह
(ख) खण्ड (क) मा लेखिएदेखि बाहेक राजपत्राङ्कित विशिष्ट श्रेणी वा सो सरह वा सो भन्दा माथिल्लो पदमा बहाल रहेका अन्य पदाधिकारी – विशिष्ट तह
(ग) जिल्ला अदालतका न्यायाधीश वा राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका कर्मचारी – प्रथम तह
(घ) राजपत्राङ्कित द्वितीय श्रेणी र तृतीय श्रेणी वा सो सरहका कर्मचारी – द्वितीय तह
(ङ) राजपत्र अनङ्कित वा सो सरहका कर्मचारी – तृतीय तह

(च) सवारी चालक तथा श्रेणी विहीन कर्मचारी – चतुर्थ तह
(२) उपनियम (१) मा लेखिएदेखि बाहेकका अन्य कुनै पदाधिकारी वा व्यक्तिलाई भ्रमण गर्ने आदेश दिनुपर्दा त्यस्तो आदेश दिने अधिकारीले त्यस्तो पदाधिकारी वा ১

व्यक्तिको तह खुलाई आदेश दिनु पर्नेछ ।